२ कार्तिक २०८१, शुक्रबार

सभामुख सापकोटालाई ओलीको चेतावनी : नेपालका सांसदलाई तुरुन्त कारवाही गर्नुहोस्


केपी ओली र अग्नि सापकोटा

काठमाडौँ । नेकपा एमालेले माधव नेपाल समूहका १४ जना सांसदलाई तत्काल कारबाही गर्न सभामुख नेपालका सांसदलाई तुरुन्त कारवाही गर्न चेतावनी दिएको छ । आज बिहीबार बिहानै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले सभामुख अग्नि सापकोटालाई भेटेर कारबाहीको माग गरेका हुन् ।

सभामुख र एमालेका नेताहरूबीच आज बिहान ११ बजे यस बारेमा छलफल हुने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन अनुसार सभामुखले सो सूचना १५ दिनभन्दा बढी रोक्न सक्दैनन् ।

एमालेले नेता नेपालसहित १४ सांसदलाई कारबाही गरेर सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको थियो । एमालेले पार्टीको ह्वीप उल्लंघन गरेको र विभाजनकारी गतिविधिमा लागेको भन्दै माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो ।

कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।

यस्तै नेपाल समूहका १४ जना सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै सिंहदरवारस्थित हिजो संसद सचिवालयमा निवेदन दिएका थिए ।

विरोध खतिवडा र जीवनराम श्रेष्ठ १४ सांसदको संयुक्त पत्र लिएर संसद सचिवालय पुगेका थिए । उनीहरुले आफूहरुलाई कारवाही प्रक्रिया अघि नबढाउन संसद् सचिवालय र निर्वाचन आयोगलाई समेत पत्र लेखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश हिजो जारी गरेपछि नेता नेपालले हिजै नेकपा एमाले समाजवादी नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

यो पनि पढ्नुहोस्

पदमुक्त नगर्न माग गर्दै नेपाल समूहका १४ सांसद संसद् सचिवालयमा

नेपालसहित १४ सांसदलाई कारबाही, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !