१७ असार २०८१, सोमबार

अध्यादेश ल्याएपछि बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता


पुष्पकमल दाहाल, शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

सत्ता गठबन्धनका तीन शीर्ष नेतावीच सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि देशमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिका बारेमा गहन छलफल भएको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तार लगायत विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो भाद्र २ गते बुधबार राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि हिजो बुधबार मात्र नेकपा एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा नेता नेपालले निवेदन दिएका छन् ।

तीन शीर्ष नेतावीच आज भएको छलफलमा नेपालको दल सरकारमा सहभागिता हुने विषयमा पनि छलफल हुनसक्ने बताइएको छ । नेपाल समूहलाई सरकारमा सहभागी गराउन तथा नेकपा एमाले विभाजन गर्न सहज हुनेगरी नै यो अध्यादेश ल्याउनुको प्रमुख उद्धेश्य रहेको छ ।

यसअघि माधव नेपाललाई सरकारमा सहभागी हुन देउवा र प्रचण्डले आग्रह गर्दै आएका थिए । पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।

यो पनि पढ्नुहोस्

देउवाले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो

अन्तत: फुट्यो जसपा पनि, दल दर्ताको लागि ठाकुरले दिए आयोगमा निवेदन

अन्तत: फुट्यो एमाले, दल दर्ताको लागि नेपालले दिए आयोगमा निवेदन

ठाकुरले दर्ता गर्ने दलको नाम ‘जसपा नेपाल (लोकतान्त्रिक)’, चुनाव चिन्ह ‘साइकल’ !

नेपालले दर्ता गर्ने दलको नाम ‘नेकपा एमाले (समाजवादी)’, चुनाव चिन्ह टुंगो लागेन !

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !