२० बैशाख २०८१, बिहिबार

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ रिट खारेज


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका २९ वटा रिट खारेज गरेको छ । आज बुधवार संवैधानिक इजलासले ‘रिट खारेज’ गर्ने फैसला गरेको हो ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सो फैसला गरेको हो ।

गत जेठ ७ गते मध्यराति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि सोविरुद्ध नेपाली काँग्रेका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।

संसद विघटन मुद्दामा कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय प्रयोग गरेर सर्वोच्चमा २९ वटा रिट दायर गरेका थिए । यस्तै जेठ ११ मा विघटन विरुद्ध र पक्षमा समेत गरि ३० वटा रिट दर्ता गरेर सर्वोच्चले सुनुवाई गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !