१४ बैशाख २०८१, शुक्रबार

मध्यरातमा एमाले विभाजन रोक्न अपिल गर्दै ओलीले जारी गरे ५ बुँदे विज्ञप्ति


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा एमालेको विभाजन रोक्न अपिल गर्दै ५ बुँदे विज्ञप्ति जारी गरेका छन ।

आज सोमबार राती आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि ओलीले विज्ञप्ति जारी गरेका हुन् । राजनीतिक दलसम्वन्धी विधेयक अध्यादेशमार्फत ल्याउने तयारीसहित आज संसद अधिवेशन अन्त्य गरिएको थियो ।

ओलीले जारी गरेको विज्ञप्तिमा एमाले विभाजन गर्ने उद्देश्यलले ल्याउन लागिएको अध्यादेशको चर्को विरोध गरेका छन । उनले एमाले विभाजनको पक्षमा कोही पनि न उभिन समेत नेता कार्यकर्तामा अपिल गरेका छन ।

ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश ल्याइ एमालेलाई विभाजन गर्न षडयन्त्र गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने उनको चेतावनी छ ।

यस्तो छ हेर्नुहोस् ओलीले जारी गरे ५ बुँदे विज्ञप्ति

यस्तो छ हेर्नुहोस् ओलीले जारी गरे ५ बुँदे विज्ञप्ति यस्तो छ हेर्नुहोस् ओलीले जारी गरे ५ बुँदे विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !