१२ बैशाख २०८१, बुधबार

देउवा निवास अगाडि कांग्रेसकै नेता कार्यकर्ताले गरे प्रदर्शन


देउवा निवास अगाडि कांग्रेसकै नेता कार्यकर्ताले गरे प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासअघि कांग्रेसकै नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । मुख्यत: क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने र फर्जी क्रियाशील सदस्यता खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् । आज बिहीबार देउवा निवासमा बैठक चलिरहेका बेला देशभरका असनतुष्ट पक्षका नेता कार्यकर्ताले देउवा निवास अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले सभापति र महामन्त्रीले विधान सम्वत वडा तहका सभापतिलाई क्रियाशिल सदस्यता फारम दिन आदेश दिँदा पनि जिल्ला र क्षेत्रिय सभापतिले वडा तहका सभापतिलाई नदिएको जस्ता असन्तुष्टि जनाएका छन् ।

देउवा निवास अगाडि नै उनीहरुले ‘संवैधानिक संकटबाट नेपाली काँग्रेसलाई जोगाऔँ, समायोजनको नाममा भएको धाँधली खारेज गरौँ, क्रियाशिल सदस्यतामा भएको धाँधली खारेज गरौँ ‘ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !