७ बैशाख २०८१, शुक्रबार

लुम्बिनीमा भोलि बिहीबार ३ बजेसम्म बहुमतको नयाँ सरकार गठन गर्न आह्वान


बुटवल । लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न भोलि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएपछि उक्त राजीनामा स्वीकृत गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् । यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्ने भएका छन् ।

संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् । चार दलीय गठबन्धनसँग ४२ सांसद भएकोले भोलि केसी मुख्यमन्त्री बन्नेछन् ।

लुम्बिनीमा भोलि बिहीबार ३ बजेसम्म बहुमतको नयाँ सरकार गठन गर्न आह्वान

यो पनि पढ्नुहोस्

लुम्बिनीको विशेष अधिवेशनविरूद्धको रिट संवैधानिक इजलासमा, अन्तरिम आदेश भएन

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत

अन्तत: लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनीको विशेष अधिवेशन आह्वानविरूद्धको रिट भट्टराईको इजलासमा

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई धपडी : मन्त्रिपरिषद् बैठकपछि संसदीय दलको बैठक जारी

लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !