१३ बैशाख २०८१, बिहिबार

लुम्बिनीको विशेष अधिवेशन आह्वानविरूद्धको रिट भट्टराईको इजलासमा


सर्वोच्च अदालत

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ ।

पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गत वैशाखमा गठन भएको जिकिर गर्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गिरीले अविश्वास प्रस्ताव ल्याउन नमिल्ने दाबी रिट निवेदनमा गरेका छन् ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिट हिजो मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो भने आज बुधबार सो रिट न्यायाधीश भट्टराईको इजलासमा उक्त रिट निवेदन आठौँ नम्बरको पेसी सूचीमा छ ।

प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । उक्त रिट निवेदनको सुनुवाइका लागि मंगलबार नै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको थियो ।

यो पनि पढ्नुहोस्

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई धपडी : मन्त्रिपरिषद् बैठकपछि संसदीय दलको बैठक जारी

लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !