१२ असार २०८१, बुधबार

नेपालमै कोरोना खोप उत्पादनका लागि प्रयोगशाला स्थापना गरिने


प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आज सार्वजनिक भएको छ ।

उक्त न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको ७ सदस्यीय कार्यदलले तयार परेको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा बोल्दै खड्काले नेपालमै कोरोना खोप उत्पादनका लागि प्रयोगशाला स्थापना गरिने बताए ।

यस्तै सरकारको नीति तथा कार्यक्रममा आगामी असोजसम्म एक तिहाइ नागरिकलाई र चैतसम्म सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरी कारबाही गर्ने घोषणा

संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !