१३ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल


सत्ता गठबन्धनको निर्णय फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी रहेको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक भई रहेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी रहेको हो ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भनेर बाहिर चर्को आलोचना भई रहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । जारी छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !