४ जेष्ठ २०८१, शुक्रबार

एमालेले छान्यो मन्त्री : रविन्द्र अधिकारी पर्यटन


emale

२ चैत, काठमाण्डौ । नेकपा एमालेले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएका छन् ।

एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्र मन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण् विष्टलाई श्रम तथा रोजगार र नेता रबिन्द्र अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।

काभ्रे २ वाट चुनाव जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् । मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरी बास्कोटालाई राज्यमन्त्री बनाइएको हो ।

यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

मन्त्रीहरुको सपथ आजै अपराहृन ५.३० बजे हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !