१९ जेष्ठ २०८१, शनिबार

प्रचण्ड निवासमा माओवादीको मन्त्री छान्ने बैठक


prachanda house

२ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम टुङ्ग्याउने जिम्मेवारी दिएको छ ।

प्रचण्डले आज भरतपुर महानगरपालिकाको कार्यक्रममा चितवन जाने कार्यक्रम रद्द गरेर मन्त्रीको सूची टुङ्ग्याउन बैठक डाकेका थिए ।

बैठकमा प्रचण्डले मधेशवादी दलहरुलाई समेत सरकारमा सहभागी गराउनु पर्ने भएकाले एमालेसँगको पूर्वसहमति अनुसार माओवादीको भागमा परेको मन्त्रालयको संख्या घट्ने कुरा राखेका थिए ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रो पटक मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । तेस्रो पटकको मन्त्रिपरिषद विस्तारमा संघीय समाजवादी फोरम पनि समेटने तयारी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !