१० मंसिर २०८१, सोमबार

आजको प्रतिनिधिसभाको बैठक शुरु


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज शुरु भएको छ । आज मंगलबार दिउँसो केहि समयअघि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक शुरु भएको हो ।

संघीय संसदले सार्वजनिक गरेको पहिलो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

दोस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यक्रम रहेको छ ।

तेस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा पूर्वसांसद बिष्णुबहादुर तामाङ (बिएल वाइवा) को निधनमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !