![Nanda Bahadur Pun](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/nanda.jpg?fit=620%2C330&ssl=1)
१ चैत, काठमाण्डौ । माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय गरेको छ ।
विहीबार साँझ बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले वर्तमान उपराष्ट्रपति पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको माओवादी नेता देवन्द्र पौेडेलले जानकारी दिए ।
उपराष्ट्रपति निर्वाचन चैत ९ गते हुँदैछ । पुन माओवादी जनमुक्ति सेनाका पूर्व सर्वाेच्च कमाण्डर समेत हुन् ।