१२ जेष्ठ २०८१, शनिबार

महाराजधिराज खुसी हुनुभयो, हामीलाई आममाफी मिलेछ : नेपाल


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् ।

ओलीले केन्द्रिय समिति बैठकमा नेपालसहित सम्पूर्ण बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेपछि नेता नेपालले यस्तो संज्ञा दिएका हुन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ मडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएको छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयाैं !’

‘महाराजधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धती ? यसलाई कम्युनिस्ट पद्धती भनिन्छ ?’ नेता नेपालले थपे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !