९ मंसिर २०८१, आइतबार

माधव नेपाल समूहका सांसदले गरे स्पष्टीकरणको जवाफ दिने तयारी


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । सम्भवत: उनीहरुले आजै जवाफ पठाउनले तयारी गरेका छन् ।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर देउवाको पक्षमा विश्वासको मत दिएपछि सोही विषयलाई लिएर एमालेले स्पष्टीकरण सोधेको थियो ।

तर नेपाल समूहले भने संस्थापन समूहले आफ्ना नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएर एकता भाड्न खोजेको बताउँदै आएको छ । यता एओली समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।

नेपाल समूहका एक सांसदले दिएको जानकारी अनुसार स्पष्टीकरणको जवाफबारे छलफल गरेर टुंगोमा पुग्नको लागि सिंहदरबारमा बैठक हुन लागेको बताए ।

एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पत्र पठाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !