११ बैशाख २०८१, मंगलबार

नेपाल समूहको स्थायी कमिटी बैठक जारी


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । एक नेताका अनुसार बैठक भर्चुअल माध्यममा चलिरहेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । नेता नेपाल सहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने संभावना रहेको एक नेताले बताए । यसैबीच नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

उनका अनुसार आज पनि संगठनकै बारेमा छलफल हुनेछ । सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार प्रदेशगत रिपोर्टिङ भएको थियो । बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !