११ बैशाख २०८१, मंगलबार

माधव नेपालको भेला अर्याल होटलमा शुरु


माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेला शंखमूलरोडस्थित अर्याल होटलमा शुरु भएको छ । अर्याल होटलमा साँझ सवा ६ बजेबाट भेला शुरु भएको हो ।

एक नेताका अनुसार भेलामा पूर्व वनमन्त्री प्रेम आले, सांसदहरु किसन श्रेष्ठ, विरोध खतिवडा, मेटमणी चौधरीलगायत झण्डै डेढ दर्जनको उपस्थिति रहेको छ ।उहाँहरुले विकसित पछिल्लो राजनीतिक घटनाक्रम,एमालेको २४ घण्टे स्पष्टिकरणलगायतका विषयमा विस्तृत छलफल गर्ने बुुझिएको छ ।

यता,च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले संस्थापन पक्षको केन्द्रीय समितिको बैठक जारी छ । देउवाले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ।

नेपाल समूहलाई सरकारमा सम्मानजनक सहभागी गराउने देउवाको तयारी छ। सरकारमा सहभागी नभए पनि सम्मान गर्ने देउवाको तयारी छ। यता ओली समूहले नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ।

नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !