१ मंसिर २०८१, शनिबार

एमसीसी जस्ताको तस्तै पारित हुँदैन : प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए ।

प्रचण्डले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताए । उनले गठबन्धन सरकारमा तत्कालै समस्या आउने आफूले नदेखेको पनि बताए ।

प्रचण्डले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !