७ बैशाख २०८१, शुक्रबार

देउवालाई ओली समूहका ४ सांसदले दिए विश्वासको मत


प्रेम आले File Photo

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली समूहका ४ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले ४ सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा बोलाएको प्रतिनिधिसभाको अधिवेशनमा देउवाले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

आजको बैठकमा २४९ जना सांसद उपस्थित रहेका थिए । विश्वासको मत प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षका ८३ सांसदहरुले मत परेको छ । १ जना सांसदले पक्ष वा विपक्ष दुवैतर्फ मत नदिई मत दिन्न भन्ने पक्षमा तटस्थता देखाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !