१३ बैशाख २०८१, बिहिबार

पुन:स्थापित प्रतिनिधिसभाको बैठक शुरु, यस्तो छ कार्यसूची


आजको प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौं । दोस्रो पटक पुन:स्थापित प्रतिनिधिसभाको बैठक शुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको बैठक आज आइतबार अपरान्ह सुरु भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापन गरेपछि आज पहिलो पटक बैठक बस्न लागेको हो । पुनःस्थापित प्रतिनिधि सभाको आजको बैठकको कार्यसूची सार्वजनिक भएको छ ।

आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने छ । दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची समेत रहेको छ । केहीबेरअघि सम्पन्न भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।

यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन् ।

पुन:स्थापित प्रतिनिधिसभाको बैठक शुरु, यस्तो छ कार्यसूचीपुन:स्थापित प्रतिनिधिसभाको बैठक शुरु, यस्तो छ कार्यसूची

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !