१३ बैशाख २०८१, बिहिबार

ओलीद्वारा नेपाल समूहले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रह अस्वीकार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा माधव कुमार नेपाल समूहले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रह अस्वीकार गरेका छन् । उक्त बैठकमा नेपाल समूहका कार्यदलमा रहेका नेताहरुले बैठक रोक्न गरेको आग्रह ओलीले अस्वीकार गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएका छन् । स्रोतका अनुसार नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भएकोमा अहिले ओली समूहका नेताहरु मात्र बैठकमा सहभागी भएका छन् ।

ओलीले स्थायी कमिटी बैठक रोक्न अस्वीकार गरेपछि नेपाल समूहका कार्यदलका सदस्यहरू आक्रोशित हुँदै फर्किएका छन् । बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका थिए ।

उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका हुन् । बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आएको नेताहरुले बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !