१४ बैशाख २०८१, शुक्रबार

‘युथ फोर्स’लाई टक्कर दिन ‘अखिल फोर्स’ गठन, माधव नेपालको घर घेर्न आउनेको खुट्टा भाँचिदिने


अखिल फोर्स’ गठन

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल निकट युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् । ‘अखिल फोर्स’को अध्यक्षमा तपेन्द्र शाही छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवाहरुको ‘युथ फोर्स’ ब्युँत्याएपछि नेपाल निकट युवाहरुको ‘अखिल फोर्स’ गठन गरेका हुन् । ओलीनिकट युवाहरुले माधव नेपालमाथि आक्रमणको आक्रोश पोखिरहेको र घर घेर्ने चेतावनी दिएको भोलिपल्टै नेपालनिकट युवाहरुले अखिल फोर्स गठन गरेका हुन् ।

उनीहरुले माधव नेपालको घर घेर्न आउनेहरुको खुट्टा भाँचिदिने समेत चेतावनी दिएका छन् । नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै आज बिहीबार ‘अखिल फोर्स’ गठन गरेका हुन् ।

नेपाल निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली वरिष्ठ नेता नेपाललाई आक्रमणको चेतावनी दिनेहरुमाथि कडा रुपमा प्रस्तुत भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !