अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री देउवालाई भेटेर दिए बधाई Nepalpatra अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री देउवालाई भेटेर दिए बधाई
१२ श्रावण २०७८, मंगलबार

अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री देउवालाई भेटेर दिए बधाई


प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरी

काठमाडौँ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका छन् । देउवालाई भेट्न राजदूत बेरी आज बिहीबार बुढानीलकण्ठस्थित निवास पुगेका थिए ।

यसअघि राजदूत बेरीले देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन सामाजिक सन्जाल ट्वीटरमार्फत् बधाई दिएका थिए । भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् ।

छलफलमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । बेरीसँगको भेटपछि देउवाले ट्वीटरमा आफ्नो नयाँ कार्यकालमा नेपाल र अमेरिका बीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !