१३ बैशाख २०८१, बिहिबार

माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री, पम्फा भुसाल ऊर्जामन्त्री


जनार्दन शर्मा र पम्फा भुसाल

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

देउवा सरकारमा जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवावीच छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको नाम र मन्त्री पद टुंगो लागेको हो ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयपछि सपथ लिदैछन् । अहिले केही समयपछि शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !