५ जेष्ठ २०८१, शनिबार

जनताको जनादेशले होइन, सर्वोच्चको परमादेशले विदा लिदैछु : प्रधानमन्त्री ओली


नयाँ वर्षमा प्रधानमन्त्रीको सम्वोधन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले नभएर सर्वोच्च अदालतको परमादेशले आफू प्रधानमन्त्रीवाट विदा लिनु परेको बताएका छन् ।

आज प्रधानमन्त्री ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै जनताको जनादेश आफ्नो पक्षमा भएको तर सर्वोच्च अदालतको परमादेश नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा भएको टिप्पणी समेत गरेका छन् ।

सर्वाेच्च अदालतले हिजो प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेको थियो । साथै सर्वाेच्चले नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश पनि जारी गरेकाे थियो ।

प्रतिनिधिसभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले काँग्रेसका देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेकाे थियो । साथै सर्वाेच्चले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !