काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् । सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको नभई संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको नेपालले प्रतिक्रिया दिएका छन् ।
उनले यसपटक अदालतले सही फैसला गरेर आफ्नो गरिमा बढाएको बताएका हुन् । नेता नेपालले भने, “संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ ।” सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।