१५ बैशाख २०८१, शनिबार

ओली र माधव नेपाल पक्षबीच १० बुँदे सहमति


एमाले कार्यदल

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो ।

यता नेकपा एमाले नेता बामदेव गौतमले आफू कुन पक्षमा छु भन्ने कुरा प्रष्ट पारेका छन् । आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले आफू अध्यक्ष केपी ओलीतिर नगएको दावी गरे।

गौतमले ओलीले २०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफू बैठकमा सहभागी मात्रै भएको बताए । गौतमले केपी ओलीतर्फ गएको भन्ने हल्ला भएको भन्दै आफू ओलीतिर नभइ एमाले भएको प्रमाण पेस गर्न बैठकमा गएको बताए ।

बैठकमा बोल्दै नेता गौतमले भने, “मैले केही समय पहिले नेकपा हुँदा खेरी भएको पार्टी विभाजनमा म कतै पनि सामेल हुन पाइनँ, सकिनँ र मलाई मन लागेन । अहिले म नेकपा एमाले पुनर्स्थापित भएपछि मैले एमाले रोज्नै पर्‍यो । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्ति पनि हुँ ।”

“जिम्मा पाएँ त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले २०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो र म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसले वामदेव केपीतिर गयो भनेर भने । मैले यो सभामार्फत हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञलाई, नागरिकलाई जानकारी गराउन चाहन्छु, म कुनैतर्फ गएको होइन । म नेकपा एमाले भएको हुनाले त्यो प्रमाण पेस गर्न म गएको हो ।”, नेता गौतमले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !