१२ बैशाख २०८१, बुधबार

एमाले एकताको सन्देश सुनाउन आज बिहान कार्यदल बैठक बस्दै


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले एकताको सन्देश सुनाउन आज आइतबार बिहान कार्यदल बैठक बस्दै छ । सिंहदरबारमा हिजो विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्ट दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरु आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए ।

विष्टले आज आइतबार पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने बताए । उनले त्यो विन्दुसम्म पुर्याउनका लागि धेरै हदसम्म सहमति गरेका बताउदै अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेकोले आज एकताको सार्थक निष्कर्षमा पुग्ने बताए ।

एमालेलाई एकताबद्ध बनाएर राष्ट्र जनता, कम्युनिष्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि भोलि एकताको घोषणा गरिने जानकारी उनले दिए ।

एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ । विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आम कार्यकर्तालाई एकताको सन्देश दिँने भएको हो ।

एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए ।

हिजोको बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे लगायत नेता सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु