काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ।
आज मेरियट होटलमा भएको भेटघाट विना निष्कर्ष टुंगिएको छ । लामो समयदेखि वार्ता हुन नसकेका यी दुई नेताबीच मेरियट होटलमा भेटवार्ता भएको थियो । उक्त भेटपछि नेता सुरेन्द्र पाण्डेले अब भोलि फेरी बैठक बस्ने जानकारी दिए।