५ जेष्ठ २०८१, शनिबार

एकाएक प्रचण्ड पुगे माधव नेपाल निवासमा


देउवा, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नकोटेश्वर पुगेका छन् ।

स्रोतका अनुसार जनकपुरबाट काठमाडौं फर्किएका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । एमाले विवाद कायमै रहँदा नेता नेपालसहित विपक्षी गठबन्धन बनेको छ ।

नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलले विवादका विषयमाथि मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल शुरु भएको छ ।

छलफलमा पछिल्लो समय विवादित दुई मुख्य विषयमा केन्द्रित भएर छलफल भइरहेको एक नेताले जानकारी दिए । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ ।

माधवकुमार नेपाल समूहले भने एमालेको पार्टी कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्थ अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका छन् ।

पार्टीभित्र विवाद बढेपछि निष्क्रिय बनेको कार्यदलको बैठक सोमबारदेखि शुरु भएको छ ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !