१६ जेष्ठ २०८१, बुधबार

राष्ट्रियसभामा सांसद विश्वकर्माले मागे शिक्षामन्त्रीको राजीनामा


कृष्णगोपाल श्रेष्ठ

राष्ट्रियसभाका सदस्य खिमकुमार विश्वकर्माले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्। कानुन विपरित मन्त्रीले घरबेटीलाई छुटाएको आरोप लगाउंदै अब चाडो भन्दा चाडो पदवाट राजीनामा दिनुपर्ने माग गरेका छन्।

सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै विश्व्वाकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमंडलको कुनै अर्थ नभएको भन्दै मन्त्री श्रेष्ठलाई तत्काल पदबाट हटाइ कारवाही गर्न माग गरेका छन्।

रुपा सुनारलाई दलित भन्दै कोठा भाडा नदिएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि घरबेटीलाई प्रहरीले पक्राउ गरि कारवाही अगाडी बढाए पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी कार्यालयमा पुगेर छुटाएपछि उनको चौतर्फी आलोचनासमेत भयो।

त्यति मात्र नभई उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस्तो काम गरेको भन्दै चेतावनी दिएक थिए। त्यसपछि मन्त्री श्रेष्ठले विभिन्न आयोगमा पुगेर माफी समेत मागे। तर रुपा सुनारले मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएकी छन्। मन्त्री श्रेष्ठलाई पदवाट हटाइ कारवाहीको माग गर्दै आइतबार सर्वोच्चमा उजुरी दिएकी छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !