७ बैशाख २०८१, शुक्रबार

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन


केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले विघटित प्रतिनिधिसभाका माधव कुमार नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

पार्टीका महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनेर बुझाएको हस्ताक्षर दुई दिनभित्र फिर्ता गर्नुपर्ने प्रस्ताव पार्टीको केन्द्रीय कमिटीमा पेस गरेका छन् । महासचिव पोखरेलले प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको छ ।

तर बालुवाटारमा आज जारी बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूह सहभागी भएको छैन भने उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !