७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिलाई ‘हु आर यु’ भनेका शम्भु थापालाई ओलीका वकिल पन्तको मुखभरी जवाफ


सुशील पन्त र शम्भु थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल वरिष्ठ अधिवक्ता सुशील पन्तले निदेवकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई मुखभरी जवाफ फर्काएका छन् ।

जेठ ९ मा निवेदकको तर्फबाट बहस गदै वरिष्ठ अधिवक्ता थापाले बहुमत सदस्यको हस्ताक्षर सहित शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावीमा अस्विकार गरेकोमा इजलासबाट राष्ट्रपतिलाई प्रश्न गरेका थिए–‘हु आर यु ?’ ​थापालाई जवाफ दिँदै पन्तले भने–‘कार्यालयलाई विपक्षी बनाएर मुद्दा ल्याउने, अनि राष्ट्रपतिलाई हु आर यू भन्ने ?’

बहसको पहिलो दिनमा अन्तिममा आएर डेढ घण्टा बहस गरेका वरिष्ठ अधिवक्ता थापाले अधिकांश समय राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन व्यक्तित्वलाई आफ्नो औकात बिर्सेर सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनले राष्ट्रपतिलाई ‘हु आर यु’ समेत भन्न भ्याएका थिए ।

उनको बहस विषयवस्तु केलाउने भन्दा राजनीतिक रुपमा जवाफ दिने खालको थियो । राष्ट्रपतिदेखि प्रधानमन्त्रीको जन्मको कुरासम्म थापाले गरेका थिए । संविधानमा भएको कुरा नमान्ने हो भने अर्को संविधान लेखिदिए हुन्छ पनि थापाले भनेका थिए।

बहस गर्दै थापाले प्रश्न गरेका थिए- हाम्रो मतदानको अधिकार तपाईंले कसरी खोस्न पाउनुहुन्छ ? कसरी खाइदिन पाउनुहुन्छ राष्ट्रपतिज्यू ? विश्वासको मतको आधार फ्लोर टेष्ट हो । १४९ सांसदको दावी पेश गरेपछि तपाईं को हो ? हु आर यु ?’ थापाले राष्ट्रपतितर्फ इंगित गर्दै प्रश्न गरेका थिए,’के त्यहाँ कोही एमाले र कोही माओवादीका सांसदले भोट हाल्न नसक्ने छन र ? जनताको प्रतिनिधिलाई तपाईंले सरकार बनाउन बाट रोक्न मिल्छ ?’

उनले राष्ट्रपति भण्डारीले एमालेभित्र यस्तो हुन्छ, जसपाभित्र यस्तो हुन्छ भनेर दलको प्रकाशन गर्न कहाँ पाउनुहुन्छ ? भनेर पनि प्रश्न गरेका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपतिले भनेजस्तै यो राजनीतिक प्रश्न नभएको बताएका थिए ।

थापाले भनेका थिए, ‘म विश्वासको मत पाउन सक्दिनँ, भनेर राजीनामा नदिनु चाहिँ राजनितिक प्रश्न हो । विश्वासको मत नपाएपछि संविधान बमोजिम पदमुक्त हुनुपर्दैन ? केपी ओली जी जसरी विश्वासको मतबाट बाहिर जानुभो, उहाँलाई अब ७६ को उपधारा ५ अनुसार दाबी गर्ने अधिकार छैन ।’

थापाको दलीलको जवाफ दिँदै आज पन्तले राष्ट्रपतिलाई विपक्षी नबनाइएको मुद्दामा राष्ट्रपतिलाई ‘हु आर यु’ भन्ने भन्दै प्रश्न गरेका हुन् ।

पन्तले भने, ‘राष्ट्रपतिलाई विपक्षी नबनाउने तर राष्ट्रपतिलाई हु आर यु भन्ने? तपाईंको कलाईन्टले मेरो अफिसलाई रेस्पोन्स बनाएको छ। सस्टिनेबल त बनाउनुपर्‍यो पनि। ७६ (५) निर्दलिय हुन्छ भनेर हुने कुरा हो र ? त्यहाँ लेख्नुपर्दैन् ? धारा ७६(५) मा निर्दलिय हुन्छ भनेर लेखेको छ र ? अफिसलाई विपक्षी बनाएको छ अनि, हु आर यु ?

वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिलाई मुद्दा नलाग्ने जिकिर गर्दै विद्यादेवी भण्डारीलाई ‘तिमी को हौ ?’ भन्न नमिल्ने जिकिर गरेका छन् । धारा ७६ (५) ले भनेको आधार भनेको कसैले ‘आकाश थामिदिन्छु मैले भनेपछि पत्याउनुपर्छ’ भनेमा त्यस्तो आधार पत्याउन नमिल्ने पन्तले जिकिर गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !