७ मंसिर २०८१, शुक्रबार

एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु


एमालेको महाधिवेशन आयोजक समितिको बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । आज जारी बैठकले पार्टीको आन्तरिक विवाद समाधान गर्दै एकतबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

हिजो मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने गरेको निर्णयलाई आज महाधिवेशन आयोजक कमिटी बैठकले अनुमोदन गर्नेछ ।

बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई निमन्त्रणा नगरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तर १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने सचिव तामाङले जानकारी दिए ।

सर्वोच्च अदालतको गत फागुन ३३ गतेको फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरी अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियोे ।

नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको हो । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको हिजो सम्पन्न स्थायी कमिटीले आज बस्ने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गरेका थिए ।

सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो । उक्त निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहँदै आएकामा वार्ता र संवादबाट पार्टी एकतालाई कायम राख्ने कोशिश भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !