७ बैशाख २०८१, शुक्रबार

देउवालाई अर्को झड्का: सुजाता निवासमा पौडेल, सिटौला, भयो यस्तो सहमति


रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइराला

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा छलफलका लागि पुगेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको छ । पौडेल र सिटौला कोइरालाको मण्डिखाटारस्थित निवासमा छलफलका लागि पुगेका छन् ।

पौडेल निटक नेताका अनुसार पौडेल र सिटौलालाई कोइरालाले आफ्नो निवासमा खाना खान बोलाएकी थिइन् । महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएपछि संस्थापनइतर समूहबाट सहमतिमा नेतृत्वबारे छलफल गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएको कोइराला निकट एक नेताले बताए ।

कोइराला पनि सभापातिमा उठ्ने उम्मेदवार हुन् भने वरिष्ठ नेता पौडेलले पनि अन्तिम पटकका लागि सभापति बन्ने इच्छा राखेका छन् । कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलाले भने नेतृत्वका बारेमा मौन देखिन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !