१२ जेष्ठ २०८१, शनिबार

नेपाललाई ओलीको व्यंग्य : माधव नेपाल भन्ने एकजना मान्छे छ रे, म चिन्दिन


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल भन्ने एकजना मान्छे छ रे, म चिन्दिन भनेर व्यंग्य गरेका छन् । प्रधानमन्त्री ओलीले माधव नेपाल भन्ने एकजना मान्छे प्रचण्ड र देउवाको पिक्षा लागेको कुरा सुनेको बताएका छन् ।

एमाले तत्कालीन महासचिव समेत रहेका जननेता स्वर्गीय मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले नेपाल पतन भइसकेको लाजसरम भएको नभएको मान्छेलाई नचिन्ने बताएका छन्। आफ्नो पार्टीको सरकारलाई ढाल्न खोज्ने नेपाललाई अब नचिन्ने बताएका छन् ।

कांग्रेस र माओबादी केन्द्रसंग लागेर नेपाल पतन भइसकेको दावी गरे । नेपाली राजनीतिमा अब देउवा प्रचण्ड र नेपालको कुनै अर्थ नभएको बताएका छन्। देउवा प्रधानमन्त्री बन्न दिउसै सपना देखेको आरोप लगाए ।

दिउसै सपना देखेर कहिले पनि पुरा नहुने भन्दै ओलीले अब नेपाललाई एमालेमा अटाउन नसक्ने बताए । माधव नेपालले प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्दै झुटो बोल्दै आएको दावी गरे ।

उनले भने, “मलाई बौहाला कुकुरले टोटेको छ र माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राख्नलाई । प्रचण्डको पुक्षरलाई म कोहि नभएर उनलाई गर्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !