१४ बैशाख २०८१, शुक्रबार

माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गर्दा ओली मौन


काठमाडौं । नेकपा एमाले एकता जोगाउन अधिकतम प्रयास गर्न नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् ।

‘माधव नेपालसहित पार्टी एकता गर्नुपर्छ भनेरै थप निर्णय गरिएन, स्रोतले भन्यो । स्रोतका अनुसार बैठकमा पृथ्वीसुब्बा गुरुङले त माधव नेपाललाई अर्को अध्यक्ष बनाउँदा एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने सुझाव दिएका थिए ।

स्रोतका अनुसार गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भएको गरिएका निर्णय समेत सम्झाएका थिए । ‘प्रचण्डलाई तपाईंले अध्यक्ष बनाएको होइन, वामदेव गौतमलाई विधानमै नभएको उपाध्यक्ष बनाएको होइन ?,’ गुरुङले भने, ‘अहिले एमालेको एकता आवश्यक छ । माधव नेपाललाई अध्यक्ष बनाउँदा पार्टी ठीक ठाउँमा आउँछ भने त्यहाँसम्म पुग्नुपर्छ ।’

गुरुङले माधव नेपाललाई अर्को अध्यक्ष बनाउन पनि तयार हुनुपर्ने प्रस्ताव गर्दा अन्य नेताहरुले भने कुनै प्रतिक्रिया जनाएनन् । अध्यक्ष ओलीले पनि कुनै प्रतिक्रिया जनाएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !