११ बैशाख २०८१, मंगलबार

ओलीले प्रधानमन्त्रीको अफर गरिसके तर विपक्षी गठबन्धनलाई धोका दिन्न : माधव नेपाल


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्रीको अफर गरिसकेको खुलासा गरे तर आफूले धोका दिने मान्छे नभएकोले विपक्षी गठबन्धनलाई धोका नदिने स्पष्ट पारे ।

उनले भने, ‘माधव नेपालको कन्फिडेन्स बढेको बढेकै छ । सही धरातलमा उभिएपछि कन्फिडेण्ट बढ्नु उपयुक्त हो । माधव नेपाल धोका दिने मान्छे होइन । यो गठबन्धनमा कुनै धोका हुदैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’

विपक्षी गठबन्धनका शीर्ष नेताहरुको आब्हानमा आज शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी पत्रकारहरुसँगको अन्तर्क्रियामा बोल्दै नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरेपनि ओलीसँग नमिल्ने प्रष्ट पारे ।

नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको खुलासा गरे । उनले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको स्पष्ट पारे ।

उनले भने, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् । मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।’

उनले उनले ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताएका छन् । एमालेको एकता जोगाउनुपर्ने मत राख्दै आएका ओली समूहकै नेताहरुले देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाउनुपर्ने बताएतापनि आफूले स्वीकार नगर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !