१४ बैशाख २०८१, शुक्रबार

केपी ओली भन्दा काँग्रेस सयौं गुणा बढी वामपन्थी : प्रचण्ड


ओली र प्रचण्ड फोन कुराकानी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा अहिले नेपाली काँग्रेस सयौं गुणा बढी वामपन्थी भएको बताएका छन् ।

सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकहरुसँग आज दिउँसो संसद भवन नयाँ बानेश्वरको हलमा सम्पादकसँगकाे अन्तक्रिर्यामा बोल्दै उनले प्रधानमन्त्री ओलीसँग भएको फोनवार्ताको प्रसंग कोट्याउदै कांग्रेस ओली भन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आएको बताए ।

प्रचण्डले ओलीलाई कांग्रेस संविधानको रक्षा गर्ने भनेर अडिएको र तपाईँ संविधान सिध्याउन हिँड्नु भएको छ भन्दै कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ, तर तपाईं लोकतन्त्र सिध्याउन हिँड्नुभएको जवाफ दिएको स्मरण गरे ।

सम्पादकहरूले गठबन्धनको यात्राबारे सोधेको प्रश्नमा प्रचण्डले यो संविधान र लोकतन्त्रको रक्षाका लागि ५ दलीय गठबन्धन बनेकाले यो नटुट्ने समेत प्रष्ट पारे । प्रचण्डले गठबन्धन टुटाउन ओलीले प्रयास गरेपनि सफल नहुने समेत दावी गरे ।

उनले गठबन्धन प्रधानमन्त्री ओलीका विरुद्ध संघर्षमा उत्रेको भनेर नबुझ्न आग्रह गर्दै लोकतन्त्र बचाउने र नबचाउने बीचको लडाइ भएको पनि प्रचण्डको भनाइ छ । प्रचण्डले विगतमा आफूहरुबाट समेत केही गल्ति भएको स्वीकार गर्दै अव सच्याउँदै जान तयार रहेको बताए ।

अध्यक्ष प्रचण्डले विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि मात्र नभएको बताएका छन् । लामो यात्राका लागि सैद्धान्तिक आधारहरु तय गरेर नै आफूहरु एक ठाउँमा आएको उनले बताए । उनले गठबन्धनमा रहेका सवै पार्टी गणतन्त्रका लागि योगदान दिएकै पार्टीहरू भएको बताए ।

यो पनि पढ्नुहोस्

देउवालाई नेपालले भने- ओलीले गल्ती सुधारेर आए स्वागत गर्नुपर्छ है शेरबहादुरजी

राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमाथि नै खतरा उत्पन्न भयो : सभापति देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !