१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा विभिन्न आयोगमा २० पदाधिकारी नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्को सिफारिश बमोजिम राष्ट्रपति भण्डारीले पदाधिकारी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

राष्ट्रपति भण्डारीद्वारा लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।

लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी नियुक्त भएका छन् भने सदस्यहरूमा कपिलवस्तुका माधव बेल्वासे, इलामका वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल, महोत्तरीकी मञ्जु कुमारी नियुक्त भएका छन् ।

यसैगरी अख्तियारमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ ब्याञ्जूलाई नियुक्त गरिएको छ । यसैगरी लोकसेवा आयोगमा माधवप्रसाद रेग्मी, माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तहरुमा बागलुङका डा. हरि पौडेल र ललितपुरकी डा. सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् । यस्तै निर्वाचन आयोगको आयुक्तमा रुपन्देहीका सगुन शम्शेर जबरा नियुक्त भएका छन् ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तमा डा हरि पौडेल र सुमित्रा श्रेष्ठ तथा निर्वाचन आयोगका आयुक्तमा सगुनशम्शेर जबरा नियुक्त भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला, महिला आयोगका सदस्यमा जया घिमिरे र सावित्राकुमारी शर्मा तथा राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमल्सेना नियुक्त भएका छन् । सोही आयोगका सदस्यमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री नियुक्त भएका छन् ।

आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ, मधेशी आयोगका सदस्यमा आभा कुमारी, थारु आयोगका सदस्यमा शान्ति मोदी र उमाशंकरप्रसाद चौधरी र मुस्लिम आयोगका सदस्यमा मोहम्मदसमशुक हक नियुक्त भएका छन् ।

राष्ट्रपति भण्डारीद्वारा विभिन्न आयोगमा २० पदाधिकारी नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !