७ बैशाख २०८१, शुक्रबार

दीपक मनाङे पोखरावाट आएर खुमलटार पुगेर प्रचण्डलाई भेटे


प्रचण्ड र दिपक मनाङे

काठमाडौँ । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुमलटार पुगेर भेटेका छन् ।

सामाजिक संजाल फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन् । प्रचण्डसँगको भेटपछि तस्बिर सार्वजनिक गर्दै मनाङेले लेखेका छन्, ‘प्र​च​ण्डज्यू सँग प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल प​श्चात लिएको तस्बिर ।’

गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालय कस-कसले पौने भन्ने बारेमा चर्को विवाद भई रहेको सन्दर्भमा मनाङे प्रचण्डलाई भेट्नु राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । गण्डकी कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका मनाङे कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !