१३ बैशाख २०८१, बिहिबार

गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश


कृष्णचन्द्र नेपाली

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका छन् । आज शुक्रबार बैठक शुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्न समय दिएका हुन् ।

जेठ २९ गते शनिबार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले एक हप्तापछि आज विश्वासको मत लिन प्रस्ताव पेश गरेका हुन् । नेपालको संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

विश्वासको मत नलिइकन सरकारले महत्वपूर्ण कार्यहरु गर्दा प्रश्न समेत उठ्ने भएकाले उनले विश्वासको मत लिने लागेका हुन् । ११ मन्त्रालय भएको प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको दिन पोखरेलले ४ जनालाई मन्त्री नियुक्‍त गरेर शपथ लिएका उनले बाँकी मन्त्रालयमा विश्वासको मत लिएपछि मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ । सत्तारुढ गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २/२ र एक स्वतन्त्र सांसदको साथ छ ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्चले खारेज गरेपछि गण्डकी प्रदेशसभामा कूल ५९ सदस्य रहेकामा विश्वासको मतका लागि ३० सदस्यको समर्थन आवश्यक पर्दछ । सत्तारुढ गठबन्धनमा कांग्रेसका १५ जना, माओवादीका ११ जना, जनमोर्चा र जनता समाजवादीका २/२ जना र १ जना स्वतन्त्र सांसद गरी ३१ जनाको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !