७ बैशाख २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउसो १ बजे बस्ने बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले हिजो बिहीवारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्तुत गरेको प्रस्तावमाथि आज छलफल हुने बुझिएको छ ।

कांग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म पार्टीको महाधिवेशनको मिति तोकेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै महाधिवेशनको मोडालिटीको विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ । हिजोको बैठकमा कृष्ण सिटौला, महेश आचार्य, गगन थापा, रमेश लेखक लगायतले धारणा राखेका थिए ।

क्रियाशील सदस्यताको टुंगोदेखि वडा अधिवेशन गर्ने मितिसम्म हेरफेर गर्नेबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल जारी रहेको छ । यस्तै आज बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट र प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाको दाबी लगायत विषयमा आज पनि बृहत छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !