८ मंसिर २०८१, शनिबार

युद्धस्तरमा उद्धार गर्न र राहत प्रदान गर्न सरकारलाई देउवाको ध्यानाकर्षण


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

युद्ध स्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न उनले सरकारलाई आग्रह गरेका छन् ।

उनले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकेका छन् । पार्टीका नेता-कार्यकर्ताहरूलाई ब्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै जनतामा अपील पनि गरेका छन् ।

उनले बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्न सक्ने पूर्व घोषणा दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न नेपाली कांग्रेस पार्टीका तर्फबाट अपील गरेका छन् ।

सरकारलाई देउवाको ध्यानाकर्षण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !