८ बैशाख २०८१, शनिबार

सरकार परिवर्तन गर्ने निर्णय पुर्नविचार गर्न दाहाललाई आग्रह


मकवानपुर बुधबार मिडिया नेपाल मकवानपुरले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले विशिष्ट परिस्थिति राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको जगमा खडा भएको सरकार परिवर्तनले राजनीतिक अस्थिरता बढाउने बताए। ‘अहिले सरकार परिवर्तन गर्ने बेला होइन,’ उनले भने,’ यो अत्यन्तै अनुपयुक्त, अनावश्यक र अप्रत्यासित निर्णय हो। यसमा पुर्नविचार गर्न म प्रचण्डजीलाई आग्रह गर्छु।’

उनले सरकार परिवर्तनले आर्थिक समृद्धि, पुननिर्माण र संविधान कार्यान्वयनमा वाधा उत्पन्न हने बताए। एमाओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि थापाको यस्तो अभिव्यक्ति आएको हो।

चीनसँगको सम्झौता कार्यान्वयन रोक्न सरकार ढाल्ने खेल

प्रधानमन्त्री ओलीका प्रेस संयोजक प्रमोद दाहालले चीनसँग भएका दीर्घकालीन व्यापारिक सम्झौताको कार्यान्वयन रोक्न सरकार ढाल्ने खेल सुरु भएको अर्थ लगाएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नाम उल्लेख नगरी उनले ‘कथित क्रान्तिकारीहरु विदेशीको योजनामा कसरी पर्दा रहेछ अब छर्लङ्ग भएको’ भनेका छन्। सरकार परिवर्तनको खेल भारतको इसारामा भएको उनले संकेत गरेका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमानलाई दह्रिलो बनाउँदै उत्तरी छिमेकी चीनसँग गरेको ऐतिहासिक एवं दीर्घकालीन महत्वको व्यापारिक सम्झौताको कार्यान्वयन हुन नदिई नेपाललाई आत्मनिर्भरताको बाटोमा अघि बढ्नबाट रोक्ने योजना अन्तर्गत सरकार ढाल्ने खेल भएकोमा दुई मत छैन्’, उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘राष्ट्रवादको खोल ओढेका कथित क्रान्तिकारिहरु विदेशीहरुको योजनामा कसरी पर्दा रहेछन् भन्ने कुरा अब त झनै छर्लङ भएको छ।’

एमालेको योजनामा सत्य निरुपण आयोगमा एमाओवादी नेताविरुद्ध उजुरी परेको भन्ने चर्चा चलिरहेका बेला दाहालले सो विषयबारे कटु प्रस्टिकरण दिएका छन्। ‘अपराधकर्मबाट आएकाहरु जहिले पनि आफूलाई असुरक्षित महसुस गरिरहेका हुन्छन्’, दाहालले लेखेका छन्, ‘त्यसैले उनीहरु अनेक नाजायज सम्बन्ध गाँसेर आफूलाई सुरक्षित राखिरहने प्रपञ्च गरिरहेका हुन्छन्। अहिलेको सरकार परिवर्तनको खेल धेरै दाऊ मध्येको यो एउटा दाऊ हो।’
प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको औपचारिक निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !