१४ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै काँग्रेसका कृष्णचन्द्र नेपाली प्रदेश प्रमुखसमक्ष जाँदै


कृष्णचन्द्र नेपाली

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेपछि विपक्षी गठबन्धन आजै बहुमत दावी गर्न जाने भएको छ ।

विपक्षी गठबन्धनका नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आज बेलुकी ५ बजे गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष जान लागेको हो ।

युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि आफ्नो पक्षमा ३१ सांसद्‍को स्पष्ट बहुमत भएको पनि मुख्यमन्त्रीका दावेदार नेपालीले बताए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको हो ।

६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्नलाई ३१ सांसद्को समर्थन आवश्यक पदर्छ । नेपालीको पक्षमा बहुमत पुगेको खण्डमा उनी आजै मुख्यमन्त्री नियुक्त हुनेछन् । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठन दावीका लागि भोलि २९ गते शनिबार अपराह्न ३ बजेसम्मको समयसीमा दिएकी छन् ।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !