७ बैशाख २०८१, शुक्रबार

अदालतमा गएर होईन, समाधान आफैंसँग खोजौं : शान्ता चौधरी


शान्ता चौधरी

नेकपा एमालेकी नेतृ शान्ता चौधरीले जब राजनीतिक मुद्धामा अदालतमा पुग्ने गरिन्छ तव पार्टीहरुको अस्तित्व कमजोर हुने बताएकी छन् । नेतृ चौधरीले यो कुनै एउटा दल विशेषलाई घाटा र नाफासँग सम्बन्धित नभएको बताएकी छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै नेतृ चौधरीले आज एउटालाई फाईदा पुगे जस्तो भएर उनीहरु खुशी हुँदै ताली पिट्ने गरेको बताएकी छन्। नेतृ चौधरीले फेरि अर्को घटनाको फैसलामा अर्कोलाई फाइदा पुर्‍याए जस्तो हुन्छ फेरि अर्को खुशीले गदगद हुन्छ र ताली बजाउने गरेको बताएकी छन् ।

उनले लेखेकी छन्, “जब राजनीतिक मुद्धामा अदालतमा पुग्ने गरिन्छ तव पार्टीहरुको अस्तित्व कमजोर हुन्छ । यो कुनै एउटा दल विशेषलाई घाटा र नाफासँग सम्बन्धित छैन । आज एउटालाई फाईदा फुगेजस्तो हुन्छ उनिहरु खुशी हुँदै ताली पिट्छन , फेरि अर्को घटनाको फैसलामा अर्कोलाई फाइदा पुर्‍याए जस्तो हुन्छ फेरि अर्को खुशीले गदगद हुन्छ र ताली बजाउँछ । यसै गरि गरि सिस्टम नै सिध्याउन खोजेको त होईन ? त्यसैले अदालतमा गएर होईन समाधान आफैंसँग खोजौं , आज जे नजिर स्थापित भैरहेका छन , यी सबै व्यवस्था माथि चुनौती दिने संकेत हो । पार्टीको ह्विप उलंघन गर्नेहरू , फ्लोर क्रस गर्नेहरू कार्वाहीको भागिदार हुँदैनन भने दलिय व्यवस्था टिक्दैन , बाँच्दैन । यस्ता कुराका दुरागामी असर हेरौं , सबै राजनीतिक दलमाथि घातक छ । अब ढिला नगरी सोचौं , शासकीय स्वरुप परिवर्तन गरौं । संघ र प्रदेशमा प्रत्यक्ष निर्बाचित कार्यकारी हुने व्यवस्था गरौं , यस्तो गरिएन यदि भने व्यवस्था समाप्त हुने संकेत देखियो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !