१३ बैशाख २०८१, बिहिबार

सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री ओली नजाने


केपी ओली र अग्नि सापकोटा

काठमाडौँ । सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा जानकारी दिएका छन् ।

सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री लगायत विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई पत्राचार नै गरेर आमन्त्रण गरेका थिए ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको थियो ।

समसामयिक विषयमा छलफलका लागि उनीहरुलाई बोलाइएको बताइएको छ । बैठक आज शुक्रबार अपराह्न २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ ।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानून व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !