७ बैशाख २०८१, शुक्रबार

बादल गृहमन्त्रीवाट आउट भएपछि श्रीमती नैनकला थापा संचारमन्त्री बन्दै


बादल र नैनकला थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले आफूले राखेका ८ मध्ये ७ मन्त्रालयमा आज बिहीबार अपराह्न नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् । बालुवाटार विशेष स्रोतका अनुसार मन्त्रीहरुको आजै सपथग्रहण हुने प्रवल सम्भावना रहेको छ ।

सर्वोच्च अदालतको आदेशपछि सांसद र गृहमन्त्रीवाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ ले आफ्नी श्रीमती नैनकला थापालाई पूर्व माओवादी वाट एमालेमा आएकाहरुको कोटावाट संचारमन्त्री बनाउन लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बादल पत्नी नैनकला यसअघि महिला आयोगकी अध्यक्षसमेत भइसकेकी छन् । पूर्वमाओवादी कोटावाट नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !