७ मंसिर २०८१, शुक्रबार

वामदेवको आग्रह : एमालेलाई एकताबद्ध बनाउन २०७५ जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाऔं

वामदेवले भने, 'ओलीको प्रस्तावलाई इमान्दार एकताको प्रयत्‍न मान्‍न सकिँदैन'


वामदेव गौतम

काठमाडौं । नेकपा एमाले एमालेका उपाध्यक्ष एवं एमाले एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि २०७५ जेठ २ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

आज मंगलबार गौतमले विज्ञप्ति जारी गर्दै गौतमले अध्यक्ष ओलीको पछिल्लो वक्तव्य एकताका लागि इमान्दार प्रयत्न मान्न नसकिने आफ्नै प्रशंसा कुटिल चातुर्यता र जालझेल समेटिएको भाषाशैलीको भएपनि एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्ने बुँदा सकारात्मक रहेको बताएका छन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर जुनसुकै फैसला आएपनि एमाले एकताबद्ध एमाले आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ गते अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

गौतमले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा (एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।
वामदेवको आग्रह : एमालेलाई एकताबद्ध बनाउन २०७५ जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाऔं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !